Incident Reports

बलात्कार घटनका आरोपित गिरफ्तार

2020-07-10

Madhes, Dhanusha, Ganeshman Charnath, Ward 6

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गणेशमान चारनाथ नपा–६ बस्ने २२ वर्षीय रामकुमार यादवलाई असार ३१ गते इलाका प्रहरी कार्यालय ढल्केवरले गिरफ्तार गरेको छ ।

असार २६ गते आफु घाँस काट्न गएको बेलामा आरोपित यादवले बलात्कार गरेको पीडित महिलाले बताउनु भयो ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय ढल्केवरमा असार २७ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर तिर्थराज कार्कीले इन्सेक धनुषा प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।

घटना असार २६ गते भएको भएपनि गाउँमै पञ्चायत बसेर घटना मिलाउने प्रयास गरिएकाले प्रहरीमा असार २७ गते मात्र खबर भएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

पञ्चायतमा केटालाई महिलासँग विवाह गर्नु पर्ने निर्णय भएपछि केटा पक्षले निर्णय नमान्दा घटना प्रहरीमा आएको हो । पञ्चायतको निर्णयपछि फरार भएका आरोपितलाई गाउँबाटै गिरफ्तार गरिएको छ ।

पीडित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा असार २८ गते स्वास्थ्य परीक्षण गरिएको छ ।

दिपेन्द्रप्रसाद सिंह 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments