Incident Reports

बोली स्पष्ट नभएकी बालिका बलात्कृत, आरोपी पक्राउ

2020-07-12

Province 1, Morang, Letang, Ward 8

विराटनगर – मोरङको लेटांग नगरपालिकामा एक १६ वर्षीया बालिका बलाकृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङले स्पष्ट रुपमा बोल्न नसक्ने अशक्त बालिकाको गत असार २८ गते राती बलात्कार भएको जनाएको छ ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनामा संलग्न आरोपी १९ वर्षीय भीम राईलाई पक्राउ गरिएको जनाएका छन् ।

लेटांग नगरपालिका ८ का स्थानीय राईलाई पीडित परिवारका सदस्य किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

पीडितको जाहेरीसँगै अनुसन्धान तीव्र बनाएको प्रहरीले मंगलबार अपरान्ह पक्राउ गरेको उनको भनाइ छ ।

असार २८ गते साथीको घरमा बस्न गएकी पीडित बालिकामाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

पक्राउ परेका आरोपी राई पीडित बालिकाको साथीको नाता पर्ने आफन्त भएको बताइएको छ । पक्राउ परेको आरोपीमाथि प्रहरीले जबरजस्ती करणी मुद्धा अघि बढाउने भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments