Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2020-07-22

Karnali, Salyan, Bagchaur, Ward 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बागचौर नपा–२ का ३६ वर्षीय रामचन्द्र केसी विरूद्ध साउन ८ गते इलाका प्रहरी कार्यालय थारमारेमा पीडित पक्षले उजुरी दर्ता गराएका छन् ।

बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सीपल समेत रहेका केसीले लामो समयदेखि बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक पटक बलात्कार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिलाई टेलिफोन मार्फत बताउनुभएको छ ।

उजुरीपछि पीडितको स्वास्थ्य उपचार तथा परीक्षणको लागि साउन ९ गते सल्यान अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीले कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाउने डिएसपी खतिवडाको भनाई छ ।

आर्थिक अवस्था कमजोर रहेका पीडितका आफन्तले न्यायिक प्रकृयामा जानका लागि आर्थिक सहयोग गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् ।

मिना बुढाथोकी

एक महिनाअघि बलात्कृत १४ वर्षीया बालिका बेपत्ता, अपहरणको आरोप

बागचौर नगरपालिकानिवासी १४ वर्षीया बालिका चार दिन (१२ भदौ) देखि बेपत्ता भएकी छिन् । बालिकाका बुबाले उनी घरैबाट बेपत्ता भएको र खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय थारमारेमा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । उनी एक महिनाअघि आफ्नै शिक्षकबाट बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

बालिकाका बाबुका अनुसार १२ भदौका दिन सबैजना घरैमा रहेको र बेलुका करिब ८ बजेतिर सबैले खाना खाएपछि छोरी कोठामा गएकी थिइन् । तर, पछि कोठामा नदेखेपछि खोजतलास गर्दा नभेटिएकाे उनले बताए । धेरै खोजतलास गर्दा पनि छोरी नभेटिएपछि तत्काल प्रहरीलाई खबर गरेको उनले बताए ।

बालिकाका बुबाले बलात्कारमा संलग्न आरोपित बागचौर नपा– २ का ३६ वर्षीय रामचन्द्र केसी पक्षले नै अपहरण गरेको आरोप लगाएका छन् । ‘हामीले प्रहरीमा पनि जाहेरी दिएका छौँ,’ उनले भने, ‘पीडक पक्षले मुद्दालाई प्रभावित बनाउन अपहरण गरेको हुन सक्छ ।’

बागचौरस्थित ब्राइट रोजल्यान्ड बोर्डिङ स्कुलका शिक्षक रहेका केसीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा उजुरी परेको थियो । बालिकालाई प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको भन्दै ८ साउनमा इलाका प्रहरी कार्यालय थारमारेमा पीडित पक्षले उजुरी दर्ता गराएका थिए । घटनापछि फरार रहेका आरोपितको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता बालिकाको खोजतलास तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । बालिका घरबाटै हराएपछि सम्भावित सवै ठाउँमा खोज्ने काम भइरहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments