Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-07-31

Lumbini, Dang, Rapti, Ward 1

१ सय वर्षीया वृद्धालाई कुटपिट गरी बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ घर भई राप्ती गाउँपालिका–१ बस्ने २२ वर्षीय विवेक विश्वकर्मालाई साउन १७ गते गिरफ्तार गरेको छ ।

मन्दिरमा आश्रय लिएर बस्नु भएकी वृद्धालाई  आरोपितले साउन १६ गते राति मादक पदार्थ सेवन गरेर कुटपिट गरी बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले साउन १७ गते  इलाका प्रहरी कार्यालय, भालुवाङमा उजुरी दिएको इन्स्पेक्टर गङ्गाबहादुर सारुले बताउनु भयो ।

कुटपिटबाट वृद्धाको छाती, घाँटी, अनुहार, पेट र खुट्टामा चोट लागेको स्वर्गद्वारी टोलविकास संस्थाका अध्यक्ष गिरबहादुर गिरीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

वृद्धाको उपचार तथा स्वास्थ्य परीक्षण साउन १७ गते सिसहनीया अस्पतालमा गरिएको छ ।


जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments