Incident Reports

बलात्कार गरेको आरोपमा बाबु गिरफ्तार l

2014-04-07

Province 1, Sunsari, Itahari

Shekhar Dhakal खनार गाविस - ५ की एक १७ वर्षीया बालिकालाई उनका ४८ वर्षीय बाबुले बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पीडित बालिकाले आफ्ना बाबुले तीन वर्षेदेखि आफूलाई बलात्कार गर्दै आएको साथीलाई भनेपछि बालिकाकी आमाले चैत २२ गते प्रहरी चौकी खनारमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा आरोपितलाई २२ गते नै प्रहरी चौकी खनारले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीका सब इन्स्पेक्टर गोविन्द खवासले बताए । पीडित बालिकाको चैत २२ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितलाई एक साताको म्याद थप गरी अनुसन्धान गरिरहेको खवासले जानकारी गराए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis