Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-02

Lumbini, Nawalparasi West, Sarawal, Ward 7

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ७ का २१ वर्षीय बिन्ध्याचल कोइरीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १८ गते राती यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते पृथ्वी चन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

नारायण पराजुली


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments