Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-08-04

Province 1, Sunsari, Dewanganj, Ward 2

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का २५ वर्षीय प्रदीप यादवलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई साउन २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर सरोज खनालले बताउनुभयो । सोही घटनामा संलग्न देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय बालकृष्ण यादव भने फरार रहेको र उनको खोजी भईरहेको इन्स्पेक्टर खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २१ गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments