Incident Reports

संक्रमितको मृत्युपछि अस्पतालमा नाराबाजी, डाक्टरमाथि हातपात

2020-08-05

Province 1, Morang, Biratnagar

विराटनगर, २१ साउन । कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा नाराबाजी गर्दै डाक्टरमाथि हातपात गरेका छन् । बुधबार विराटनगर–९ का ४५ वर्षीय पुरुषको आइसोलेशनमा मृत्यु भएको थियो ।

बुधबार दिउँसो १ बजे मृत्यु भएका पुरुषको दिउँसो साढे ३ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको हो । तर रिपोर्ट नआउँदै मृतकका आफन्तले लापरवाहीका कारण मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेका हुन् ।

‘पीपीई लगाएका डाक्टरलाई आइसोलेशनमा हातपात गरे,’ अस्पतालका सिनियर फिजिसियन डाक्टर दीपक सिग्देलले भने, ‘मैले देखेपछि प्रहरीलाई बोलाएँ ।’

अस्पतालको आइसोलेशनमा सामान्य मानिसलाई प्रवेश गर्न निषेध गरिएको छ । तर विराटनगर–९ का पुरुषको मृत्यु भएपछि आफन्त जवरजस्ती छिरेर आइसोलेसनमा रहेका डाक्टरमाथि हातपात गरेको उनको दाबी छ ।

‘यसरी स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न भएन,’ उनले भने, ‘हातपात गर्नेलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरेको छु ।’

पीपीई लगाएको डाक्टरमाथि हातपात हुनु दखत भएको उनले बताए । 

यता, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले डाक्टरमाथि हातपात भएको जानकारी आफूलाई नआएको बताए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले संक्रमितको मृत्युपछि आफन्तले रुवाबासी गरेको बताए । आफन्तले रुवाबासी गरेपछि प्रहरीले सम्झाएको उनले बताए ।

मंगलबार कलेजोको समस्या लिएर भर्ना भएका पुरुषमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि बुधबार बिहान आइसालेशसनमा भर्ना गरिएको थियो । तर आइसोलेशनमा भर्ना भएको केही घण्टापछि उनको मृत्यु भएको थियो । 

बुधबार नै कोशी अस्पतालमा मोरङको रंगेली नगरपालिका– ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार दुईजनाको मृत्यु भएसँगै मोरङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports