Incident Reports

किशोरीमाथि सामूहिक बलात्कार

2020-08-05

Karnali, Dolpa, Jagadulla, Ward 6

डोल्पामा एक किशोरी सामूहिक बलात्कारको सिकारमा परेकी छिन् । जगदुल्ला गाउँपालिका–६, झ्याकोटकी १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । उक्त गाउँपालिकाको भवन निर्माण जिम्मा पाएका बारेकोट गाउँपालिका–६, का ३१ वर्षीय कर्णबहादुर महतारा र जगदुल्ला–४ का ३१ वर्षीय अंगतबहादुर महताराले जबरजस्ती सामूहिक बलात्कार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाग बास्तोलाले जानकारी दिए । उनका अनुसार बलात्कार गर्ने दुबै जनालाई पक्राउ गरिएको छ । उनीहरूले ललाइफकाइ पारि पीडित किशोरीकै घरमा लिएर जबरजस्ती करणी गरेको उनको भनाइ छ । प्रहरीमा बलात्कारका मुद्दा दर्ता भए पनि होस्टाइल हुँदा बलात्कारका घटनाले प्रसय पाइरहेका छन् । दोषीलाई कारबाहीको दायरामा ल्याउँदा यस्ता घटना न्यूनीकरण हुने महिला अधिकारकर्मीहरु बताउँछन् । बलात्कारपछि हत्या गर्दासमेत कानुन लाचार हुँदा पीडकहरूको मनोबल बढ्ने र पीडितको न्याय हरण हुने महिला अधिकारकर्मी देवीसरा विश्वकर्माले बताइन् । 

 प्रकाशित: २२ श्रावण २०७७ १७:५३ बिहीबार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments