Incident Reports

नेविसंघले तोडफोड गर्‍यो त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यालय

2020-08-11

Bagmati, Kathmandu, Kirtipur

\नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ।

नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेका हुन्।

ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको छ। गाडीमा पनि क्षति छ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरूद्ध त्रिविले साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दिएको थियो। यसअघि नेविसंघले उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो। पाटन उच्च अदालतले ताला खोल्न अनुमति दिएपछि कार्यालय खुलेका थिए।

साउन २३ गते कार्यालय खुले पनि अहिलेसम्म त्रिवि पदाधिकारीले नेविसंघका मागमाथि वार्ता नगरेको आक्रोशमा तोडफोड गर्नु परेको सेतोपाटीसँग एक नेविसंघ नेताले बताए।

‘त्रिविले कोरोना कारण देखाएर विद्यार्थीको एक शैक्षिक सत्र नै क्षति पुर्‍याउने नियत राखेको छ। आन्तरिक मूल्यांकन र अनलाइनबाट परीक्षा लिने विकल्पमा छलफल गरी निर्णयमा पुग्नुपर्नेमा केही गरेको देखिएन,’ नेविसंघका ती नेताले भने, ‘विद्यार्थीका मागबारे कुरा सुन्न तयार नभएपछि तोडफोड गर्नुपरेको हो।’

यसअघि नेविसंघ केन्द्रीय समिति र त्रिवि समितिले पटक-पटक त्रिविमा ज्ञापनपत्र बुझाउँदै त्रिविका नियुक्तिमा सत्तारूढ नेकपाका कार्यकर्ता भर्ती नगर्न आग्रह गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments