Incident Reports

आत्महत्या दुरुत्साहनमा एक महिला पक्राउ

2020-08-11

Province 1, Sunsari, Dharan, Ward 4

१३ वर्षीया एक बालिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– ४ तल्लो भालुखोलाकी ममता राईलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा बालिकाको बाजेको घरमा डेरा गरी बस्ने सरिता राईलाई इलाका प्रहरी कार्यालय धरानले आइतबार साँझ पक्राउ गरेको हो ।

बालिकाका बाबुले दुई दिनअघि जाहेरी दिएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।  गत साउन २७ गते बिहान बाख्राको खोरमा झुन्डिएको अवस्थामा ममतालाई आफन्तले फेला पारेका थिए । हात टेकेको र खुट्टा भने खोरको टाँडमा रहेको साथै घोप्टो परेर सुतेको अवस्थामा बालिका भेटिएपछि स्थानीयले आत्महत्या नभई हत्या भएको ठहर गरेका थिए ।

घटना विवरणअनुसार ममताको मृत्यु हुनुअघिको रात बालिकाको बाजे विर्तबहादुर राईको घरमा डेरा गरी बस्ने सरिता राई (सञ्जु)ले ‘टिभीको रिमोट बिगारिदिएको’ विषयमा विवाद हुँदा कुटपिट गरेकी थिइन् । बाजेको घरमा विगत ६ महिनादेखि ती बालिका खाना पकाउने काममा सघाउँदै आएकी थिइन् ।

सरिताले कुटपिट गरेपछि उनी घर छाडेर हिँडेको र बिहान मृत अवस्थामा भेटिएको थियो । उनको एउटा चप्पल बाटोमा भेटिएकाले घटना शंकास्पद भएको प्रहरीको भनाइ छ । 

मृतक बालिका धरान–१३ को अमर आधारभूत प्राविमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनकी आमा मनु राईले  पनि गत चैत २४ गते विष सेवन गरी आत्महत्या गरेकी थिइन् । 

धरान नगर बाल सञ्जालको अगुवाइमा प्रहरीमा दुरुत्साहन जाहेरी परेपछि प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालत सुनसरीमा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments