Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-08-23

Lumbini, Rupandehi, Siyari, Ward 7

१७ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा  सियारी गाउँपालिका–७ का २० वर्षीय गोविन्द केवट विरूद्ध  पीडितले भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ  ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर  बलात्कार गर्दै आएकोमा अन्तिम पटक ०७६ फागुन २० गते बलात्कार गरेको र बलात्कारबाट २३ हप्ताको गर्भ रहेको उजुरी आएको डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments