Incident Reports

बेचबिखनको आरोपमा उजुरी दर्ता l

2014-05-04

Sudurpashchim, Baitadi, Dogadakedar

The accused are at large and investigation is underway, according to district police office Sher Bahadur Chand बैतडी । ०७१ वैशाख २२ गते देउलेख गाविस-१ की एक महिलालाई कटौजपानी गाविस-५ का ४५ वर्षीय नरेश विष्ट र सोही ठाउँका ४० वर्षीय हेमा भट्टले तपाईको विवाह राम्रो केटासित गरिदिन्छु भनि भारतमा लगि बेचबिखन गर्न खोजेको आरोपमा पीडितले ०७१ वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी छन् । आरोपितहरूले ०७० फागुन १९ गते राम्रो केटासित विवह गरिदिन्छु भनि भारतको वंगलोर पुर्‍याई विवाह गर्ने भनि नरेन्द्र नामको केटो देखाउँदा विवाह गर्न नमानेको र पछि आफूलाई नरेन्द्रसित विक्री गर्न लागेको थाहा पाई घर आएपछि आरोपितका नाममा उजुरी दिएको पीडितले बताइन् । मानव बेचबिखनमा पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयले दर्ता नम्वर ५१ मा उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गर्न पुर्जी काटेको र हाल दुवै आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनायो । शेरबहादुर चन्द

0 Comments