Nati Babu Dhital
सिन्धुपाल्चोक । ०७१ वैशाख ३१ गते
र्इर्खु गाविस-१ स्थित नुनडाँडाँका ३६ वर्षीय भीमसेन खड्कालाई एक ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख ३० गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख ३० गते दिउँसो सदरमुकाम चौताराबाट घरतर्फसँगै जानलाग्दा बीच बाटोमा बलात्कार गरेको आरोप छ । पीडितपक्षले वैशाख ३० गते साँझ नै र्इर्खु गाविस-१ स्थित एक पसलबाट आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको स्थानीयले बताए ।
पीडितको वैशाख ३१ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको र पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरीले जनाएको छ ।
चार छोराकी आमा पीडितका पति वैदेशिक रोजगारीका लागि विदेश गएका छन् भने आरोपितको एक छोरा र दुई छोरीसहित तीन सन्तान रहेको स्थानीय गाउँलेले बताए ।
नातिबुवा धिताल