Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-24

Bagmati, Dhading, Tripura Sundari

१४ वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय पुरुषलाई प्रहरीले ०७७ असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडितका आमा र भाइ घर नभएको बेलामा ०७७ असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छन् ।

घटनामा सम्लग्न भएका आरोपित पुरुषलाई प्रहरीले असोज १० गते गिरफ्तार गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।

पाँच वर्षदेखि पटक/पटक जबरजस्ती गर्दै आएको पिरले गर्दा छिमेकीको घरमा काम गर्ने एक जनासँग साथ लागे काठमाडौँतर्फ जानलाग्दा प्रहरीले ९ गते फेलापरेर सुधपुक्ष गर्ने क्रममा पीडितले सबै घटना प्रहरीलाई बताएकी थिइन् ।

प्रहरीको सहयोगमा जिल्लामा क्रियाशिल सुरक्षित आवास गृहमा राखिएकी बालिको असोज १० गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडित पक्षकोतर्फबाट असोज १० गते प्रहरीमा उजुरी दर्ता गराइएपछि आरोपितलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments