Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-28

Madhes, Siraha, Dhangadhimai, Ward 12

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—१२ का २८ वर्षीय लवकुश भनिने प्रमेश्वर सदायलाई असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित सदायले गत जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असार १४ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असार १४ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनापछि आरोपित फरार रहेको थियो । विशेष सुराकीको आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको डिएसपी क्षेत्रीले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments