Incident Reports

यौन शोषणका आरोपितलाई दुई वर्षकैद l

2014-05-22

Bagmati, Chitawan, Rapti

Sabitri Sapkota चितवन । ०७१ जेठ ७ गते कोराक गाविस-१ का ३७ वर्षीय सागर तामाङ भनिने सिमसोन चेपाङलाई एक २० वर्षीया महिलालाई यौन शोषण गरेको आरोपमा जिल्ला अदालत चितवनले जेठ ६ गते दुई वर्षकैदको फैसला गरेको छ । सोही घटनाका अर्का आरोपित असिमकुमार चेपाङ् भने फरार रहेका छन् । आरोपितले रेडियोमा आउने फोनिङ कार्यक्रममार्फत युवतीको नम्बर थाहा पाएर झुक्याएर फोन सम्पर्क गरी यौन शोषण गरेको आरोपमा पीडितले भदौ ६ गते जिल्ला अदालतमा मुद्दा दिएकी थिइन् । आरोपित सिमसोनलाई मानव बेचबिखन तथा ओसारपसार ऐन ०६४ को दफा ३ को १ र दफा ४ को २ ख बमोजिम यौन शोषण कसुरमा दुई वर्षकैद सहित पीडितलाई ५० हजार रूपियाँ क्षतिपुर्तिको फैसला जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले गरेको जिल्ला अदालत चितवनका नासु जयनारायण आचार्यले बताए । आरोपित सिमसोन भने हाल लमजुङ कारागारमा थुनामा रहेका छन् । आरोपित सिमसोन विरुद्ध लमजुङ जिल्लामा समेत अर्को मानव बेचबिखनकै मुद्दा लागेपछि उनी पुर्पक्षका लागि लमजुङ कारागारमा थुनामा रहेका छन् । सो जिल्लामा मुद्दा फैसला हुँदा कसुर ठहरे सोही कारागारमा सजाय भोग्ने र कसुर नठहरे पनि अभियुक्त समिसोनलाई चितवन कारागारमा ल्याएर राखिने जिल्ला अदालतका नासु आचार्यले बताए । सावित्री सपाकोटा

0 Comments

Related Reports
Related Trend Analysis