Incident Reports

आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरा पक्राउ

2020-10-23

Lumbini, Dang, Banglachuli, Ward 2

दाङ, ८ कात्तिक । आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

उनीमाथि आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोग लागेकाे छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्य विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालिदिएका थिए । लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports