Incident Reports

भारतको दिल्लीबाट चार जना नेपाली बालकको उद्धार l

2014-05-24

Sudurpashchim, Kailali, Godawari

Sur Bahadur Pariyar कैलाली । ०७१ जेठ ११ गते भारतको दिल्लीस्थित सहरको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका चार जना बालकलाई कैलालीको एक संस्थाले जेठ १० गते उद्धार गरेको छ । उद्धार गरिएका बालकहरूमा कैलालीकै गेटा गाविस-४ का १३ वर्षीय सन्तोष विक, १४ वर्षीय दीपक जोरा, १४ वर्षीय पवन विक र १४ वर्षीय अर्जुन कामी रहेका छन् । उनीहरूलाई भारतको दिल्लीमा अलपत्र परेको अवस्थामा कैलालीमा कार्यरत शान्ति पुनर्स्थापना गृहले भारतमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा उद्धार गरेको हो । उद्धार गरिएका बालकलाई गृहले जेठ ११ गते धनगढी ल्याएर प्रहरीको रोहवरमा परिवारको जिम्मा लगाएको शान्ति पुनार्स्थापना गृह कैलालीका संयोजक वबासुदेव भट्टराईले जानकारी दिए । उनीहरू वैशाख ५ गते स्कुल जाने भनि घरबाट निस्केका थिए । विद्यालय गएका बालबालिका घर नर्फकेपछि पीडित परीवारले आफ्ना नाबाल छोराछोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय, कैलाली र स्थानीय सङ्घसंस्थामा वैशाख ७ गते खोजी कार्यका लागि निवेदन दिएका थिए । फेला परेका बालकहरूले विद्यालयको पढाई खर्च जुटाउनका लागि भारतमा काम खोज्न गएको बताएका छन् । प्रबासी नेपाली मित्रमञ्चको संरक्षक दुर्गाप्रसाद अर्याल तथा महासचिव हरिशचन्द शर्मा, शान्ति पुनर्स्थापना गृह धनगढीको सहयोगमा हराएको बालकहरू भारतमा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनराज जोशीले जानकारी दिए । सुरबहादुर परियार

0 Comments