Incident Reports

Policemen Accused of Assaulting Man in Custody

2014-05-26

Bagmati, Sindhupalchok, Indrawati

Sindhupalchowk,hirasatma kutpit gareko bhandai prahari virudh ujuri. Sindhupalchok/May 26 Ik Bahadur Tamang alais Saroj, 25, of Kunchok VDC-9 has field a case against SI Kajiman Tamang and ASI Krishna Bahadur Gupta of Area Police Office Nawalpur at the District Court on May 26. He accused the policemen of beating him in custody on May 23 continuously for half an hour. Police had arrested him at 3 am the same day from his home. The victim underwent treatment at the Chautara Hospital. He has sustained bruises all over his body. A local Dev Prasad Baniya said that Ik Bahadur was arrested over a dispute with local Sher Bahadur BK. He was released at around 5 pm. DSP of the District Police Office expressed ignorance when asked about the incident. Chief of Area Police Office Nabalpur Hari Krishna Khatri said that the policemen might have slapped 'the hooligan once or twice.' He, however, denied severely beating the victim. Nati Babu Dhital सिन्धुपाल्चोक । ०७१ जेठ १२ गते कुन्चोक गाविस-९ का २५ वर्षीय सरोज भनिने इकबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय नवलपुरका सई काजिमान तामाङ र असई कृष्णबहादुर गुष्ताले प्रहरी हिरासतमा कुटपिट गरी घाइते बनाएको भन्दै जेठ १२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । पीडितले जेठ ९ गते दिउँसो १० बजेको समयमा र दिउँसो १२ बजेको समयमा लगातार ३० मिनेटसम्म आरोपित प्रहरीले कुटपिट गरी यातना दिएको बताएका छन् । पीडितलाई सोही दिन बिहान ३ बजे राती घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेराउ गरी गिरफ्तार गरेका थिए । पीडितको चौतारा अस्पतालमा उपचार भयो । घाइते पीडितको शरीरका विभिन्न भागमा निल डाम देखिन्छ । स्थानीय शेरबहादुर बि.क.सँग विवाद भएको विषयलाई निहुँ बनाएर पीडितलाई घरबाट गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर कुटपिट गरेको स्थानीय देवप्रसाद बानियाँले बताए । उनले प्रहरीले कुटपिटपछि बेलुका ५ बजे पीडितलाई रिहा गरेको बताए । बानियाँले पीडित उपचारको चौतारा अस्पताल भएको र दुई दिनको उपचारपछि कानुनी उपचारका लागि पीडितलाई अदालत लैजान आफूले सहयोग गरेको बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालयका डिएसपीसँग सर्म्पर्क गर्दा उनले आफूलाई घटनाबारे जानकारी नभएको बताए । घटनाबारे इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख हरिकृष्ण खत्रीले गुण्डागर्दी गर्नेलाई प्रहरीले सामान्य रुपमा एक दुई थप्पडसम्म लगाएको हुनसक्ने भए पनि निर्मम रुपमा कुटपिट भने नगरेको बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis