Incident Reports

अज्ञात समूहद्वारा डडेल्धुरामा दुई मोटरसाइकलमा आगजनी

2020-11-16

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 5


डडेल्धुरा- एक अज्ञात समूहद्वारा डडेल्धुरामा २ वटा मोटरसाइकलमा आगजनी भएको छ।

गएराति करिव साढे १ बजेतिरको समयमा जिल्लाको अमरगढी नगरपालिका- ५ का रमेश प्रसाद जोशी र सुरेश मल्लको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

जोशीको से १ प ५३९४ र मल्लको से ४ प १४३ नम्बरको मोटरसाइकलमा आगजनी भएको उनले जानकारी दिए।

प्रहरी निरीक्षक चन्दका अनुसार मोटरसाइकलमा आगजनी गरिरएको हो वा होइन, गरिएको भए कसले र किन गर्‍यो भन्नेबारे अहिले खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। जोशी नागरिक समाज डडेल्धुराका संयोजक हुन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth unknown
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports