Incident Reports

विप्लव समुहले चितवन टाँडीको निर्माणाधिन पुलमा राखेको बम नेपाली सेनाद्वारा डिस्पोज

2020-11-22

Bagmati, Chitawan, Ratnanagar

चितवन, मंसिर ७ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा। न २ टाँडी बजारमा निर्माणाधिन आकासे पुलमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ।

नेपाली सेनाको डिस्पोजल टोलिले बम डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिनुभयो । नेपाली सेनाले बम डिस्पोज गर्दा कुनै क्षति नभएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।

बिहान ७ बजेको समयमा संङ्कास्पद आकाशे पुलमा नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवश भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याईएको अवस्थामा दुईवटा संङ्कास्पद बस्तु फेला परेको थियो। शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments