Incident Reports

वीरगञ्जमा राजतन्त्रको पक्षमा बिशाल प्रदर्शन

2020-12-03

Madhes, Parsa, Birgunj

बीरगञ्ज १८ मसिर । पर्साको वीरगञ्जमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ । हिन्दू राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति पर्साले जनता आउ राजा ल्याउ नामक ब्यानरमा भएको प्रदर्शनमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेर वीरगञ्जमा र्याली निकालेका थिए ।

बीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै पुन घण्टाघर पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । उनीहरुले राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको माग समेत गरेका थिए ।






Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments