Incident Reports

नेता पाैडेललाई पक्राउ गरेकाे विराेधमा साैराहा चाेकमा नेविसंघकाे प्रदर्शन

2020-12-03

Bagmati, Chitawan, Ratnanagar

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई बुधवार प्रहरीले पक्राउ गरेकाे भन्दै त्यसको बिराेधमा पूर्वी चितवनको साैराहा चाेकमा नेविसंघले प्रदर्शन गरेकाे छ ।

नेविसंघ जिल्ला कार्य समिति चितवन शाखा र नेविसंघ सहिद स्मृति क्याम्पसकाे संयुक्त आयोजनामा आज (बिहिवार) बिहान ८ बजेदेखि ३० मिनेट साैराहा चाेकमा पाैडेल पक्राउकाे बिराेधमा प्रदर्शन भएकाे थियाे ।

साे प्रदर्शनमा नेविसंघ जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ, नेबिसंघ सहिद स्मृति क्याम्पस सभापति बिवेक उदास, सचिव मनिष सुवेदी, नेपाली कांग्रेसकी जिल्ला प्रवक्ता निता ढकाल, पूर्व क्षेत्रीय सभापति कुमार कार्की, क्षेत्र नं. १ ख सभापति सुजन थापा, महाधिवेशन प्रतिनिधि बिजय ओझा लगाएतकाे उपस्थित रहेकाे थियाे ।

बुधबार पाैडेललाई व्यास नगरपालिकाले निर्माण गरेकाे पुल उद्धघाटन गर्न नेकपाका कार्यकर्ताले बिराेध गरेका थिए । उता तनहुँ प्रशासनले भने स्थिति तनावग्रस्त हुने देखेर निशेधआज्ञा जारी गरिएकाेमा पाैडेल उपस्थिति भएपछि हिरासतमा लिइएको जनाएको छ । पाैडेललाइ बुधबार साझनै प्रहरीले छाडेकाे थियाे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments