Incident Reports

श्रीमती मृत फेला परेपछि प्रहरी जवान पक्राउ

2020-12-08

Lumbini, Dang, Tulsipur, Ward 18

सँगै सुतेकी श्रीमती झुण्डिएको अवस्थामा फेला परेपछि एक जना प्रहरी जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीस्थित घरमा मंगलबार बिहान ३० वर्षीया सुनिता बिसी चौधरी सुत्ने कोठामै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले एउटै कोठामा सँगै सुतेका श्रीमान–श्रीमतीमध्ये श्रीमती बिहान झुण्डिएको अवस्थामा फेला परेपछि उनका पति जीतबहादुर चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। 

सोधपुछका क्रममा जीतबहादुरले आफू मदिरा सेवन गरी सुतेको र बिहान उठेपछि मात्रै श्रीमती झुण्डिएको देखेको भन्ने बयान दिएको प्रहरी निरीक्षक शर्माले बताए। 

‘हाम्रो नियन्त्रणमा रहनुभएका चौधरीले सोधपुछका क्रममा आफू मदिरा सेवन गरी सुतेका कारण श्रीमती झुण्डिएको थाहा नपाएको र बिहानमात्रै झुण्डिएको देखेको बयान दिनु भएको छ,’ शर्माले भने, ‘पोष्टमार्टम भइसकेको छैन, पोष्टमार्टमको रिपोर्टपछि तथ्य पत्ता लाग्ला।’

यसैबीच माइती पक्षले भने आफ्नी छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन्। सुनिताको माइती बाँके हो। 

‘बाँकेबाट आएर माइती पक्षले छोरीको हत्या भएको भन्ने लिखित जाहेरी दिनु भएको छ,’ प्रहरी प्रवक्ता शर्माले भने, ‘अब केहीबेरमै त्यो जाहेरी दर्ता गर्ने तयारी भइरहेको छ।’

प्रहरी जवान जीतबहादुर हाल भैरहवामा कार्यरत छन्। उनी ३/४ दिनअघि मात्रै घर बिदामा आएका थिए। 

स्रोतका अनुसार सुनिता र उनका श्रीमान जीतबहादुरका बीचमा पटक/पटक आपसमा विवाद हुँदै आएको थियो। 

सुनिता तुलसीपुरकै एक लघुवित्तीय संस्थामा काम गर्थिन्। उनीहरूका दुई छोरा मामाघरमा बस्छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments