Incident Reports

राजसंस्थाको माग गर्दै बुटवलमा प्रदर्शन

2020-12-11

Lumbini, Rupandehi, Butwal

बुटवल । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै देशभर विभिन्न संघ–संस्थाले प्रदर्शन जारी राखेका छन् । सोही क्रममा आज (शुक्रबार) पनि रुपन्देहीमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल तथा कार ¥याली प्रदर्शन  भएको छ ।

भैरहवा र बुटवलको बिचमा पर्ने भलबारीबाट सुरु भएको प्रदर्शन  भैरहवाको  बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक, देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा स्थानीय युवादेखि पूर्वमन्त्रीसम्मको सहभागिता रहेको थियो ।

कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले सम्बोधन गर्दे दलहरुको एकपछि अर्को जनघात र राष्ट्रघात गरेको राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग गरे । 

उनले राजनीतिक अस्थिरतासँगै विदेशी चलखेल पनि बढ्ने भएको राजसंस्थालाई पुर्नस्थापना गर्न राष्ट्रबादी नेपालीहरुको आवाज एक रहेको बताए ।

कार्यक्रमा पूर्वमन्त्री प्रकाश चित्रकारले हरेक ठाउँमा भष्ट्राचार बढेको दलहरुबाट जनता थप निराश भएको बताए । उनले हिन्दु राज्य र राजसंस्थालाई पुर्नसंस्थापना गर्नको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए । 

राष्ट्रियता जोगाउन राजसंस्था पुनःस्थापनाको लागि जनतामा जागरण ल्याउन प्रदर्शन अभियान थालिएको शिव सेना नेपालका रुपन्देही अध्यक्ष विपिन मल्लिकले बताए । ¥यालीमा सहभागी हुनेहरुले राष्ट्रिय झण्डा मात्रै बोकेका थिए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments