Incident Reports

दमौलीमा राजावादीको प्रदर्शन

2020-12-11

राष्ट्रवादी अभियान तनहुँले शुक्रवार दमौलीमा राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा मोटरसाईकल र्‍याली निकालेको छ। तनहुँ जिल्ला व्यापी बृहत मोटरसाइकल र्‍याली कार्यक्रम नाम दिइएको उक्त प्रदर्शनमा विशेष गरेर युवाहरुको सहभागिता रहेको थियो।

राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाहरुको मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरेका हुन्। दमौली अनशन चौताराबाट शुरु र्‍यालीमा सैयौंको संख्यामा युवा सहभागी भएका थिए।

जिल्लाको दमौली सहित डुम्रे, थर्पु, शुक्लागण्डकी लगायतका सहरबाट आएका युवाले नेपालको झण्डा बोकेर हिन्दु राष्ट्र र राजसंस्था माग गरेका हुन्। उनीहरुले राजसंस्थाको पुर्नबहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए।

युवाहरुले राजा आउ देश बचाउ, जनता सडकमा आईसके राजसंस्था चाहिसके, हिन्दु राष्ट्र जिन्दाबाद, संघियता खारेज गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाएका थिए।

राष्ट्रबादी अभियान तनहुँका सल्लाहकार विनोद घर्तीले अहिलेको राजनैतिक अवस्थाका कारण युवा संगै आमा नागरिकमा वितृष्णा बढेको बताए। सरकारको काम गराईका कारण अहिले युवा संगै आम नागरिकमा निराशा छ उनले भने।

दमौली अनशन चौतारीबाट सुरु र्‍याली ट्राफिक चोक भोर्लेटार चोक,, भादगाउँ, हाईस्कूलटार हुँदै दमौली अनसन चौतारीमा आएर टुंगिएको थियो।

कार्यक्रमका आयोजक समिति संयोजक महत्मद सफिक मियाले पार्टीको भण्डा कुनामा राखेर राष्ट्रिय भण्डा लिएर कार्यक्रममा सहभागि भएकोमा सहभागीलाई धन्यवाद व्यक्त गरे। ‘अहिलेको हाम्रो कार्यक्रम डेमो मात्रै हो आउदा दिनमा झनै सशक्त कार्यक्रम हुन्छ,’ उनले भने।

राष्ट्रबादी अभियान तनहुँका सल्लाहकार उज्वल भट्टराईले जिल्लाभरबाट सोचेभन्दा बाक्लो सहभागितामा मोटरसाईकल र्‍याली भएको बताए। ‘हामीले सोचभन्दा बढी युवाको मोटरसाईकल ¥यालीमा सहभागिता रह्यो,’ उनले भने।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments