Incident Reports

‘राजा आऊ’ भन्दै ललितपुरमा प्रदर्शन

2020-12-12

Bagmati, Lalitpur, Lalitpur

ललितपुमार राजसंस्था पक्षधरहरूले मोटरसाइकल र्‍याली निकालेका छन्। 

शनिबार राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्‍यालीलाई राप्रपाले नेतृत्व गरेको थियो। 

र्‍यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए। 

र्‍याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्‍यालीको नेतृत्व गरेका थिए। 

थापाका अनुसार र्‍याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो। र्‍याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो। 

जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए। 

मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए। र्‍यालीमा बहुसंख्यक युवा सहभागी थिए। 

विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन्। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments