Incident Reports

रुपन्देहीमा १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी

2020-12-12

Lumbini, Rupandehi, Mayadevi

सोह्र वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीको मायादेवीका २० वर्षिय सलमान भन्ने आवेद अली मोहमदलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका मोहमदले शनिबार राति साढे आठ बजेतिर स्थानीय किसानको खेतमा रहेको धानको परालमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले शनिवार राति जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले उजुरी दिएपछि मोहमदलाई पक्राउ गरिएको जानकारी दिए।

अली मोहमदले विभिन्न प्रलोभन तथा डरधम्की देखाई जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन्।

उजुरीपछि किशोरीको उद्धार तथा स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मामा छोडिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments