Incident Reports

चितवनमा कांग्रेसको शक्ति प्रदर्शन, हजारौं सहभागी

2020-12-14

Bagmati, Chitawan, Bharatpur

कूशासन, भ्रष्टाचार र दमन विरुद्ध नेपाली कांग्रेस चितवनले आज भरतपुरमा सरकार विरोधी प्रदर्शन गरेको छ । प्रदर्शनमा हजारौं कांग्रेसका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले सम्बोधन गर्नुभएको थियो । प्रदर्शनमा जिल्लास्थित सबै पालिकाका ९८ वडाबाटै पार्टी नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी गराइएको नेपाली कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै कांग्रेसको आरोप छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’ कांग्रेस चितवनले भनेको छ ।

सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउँदै कांग्रेसले जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको समेत बताएको छ । कांग्रेस चितवनका २६ हजार बढि क्रियाशिल सदस्य छन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments