Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-12-13

Bagmati, Dhading, Galchi, Ward 7

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का ३६ वर्षीय केशब खतिवडालाई प्रहरीले ०७७ मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले आरोपित विरुद्ध मङ्सिर २८ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताउनुभयो ।

डिएसपी खड्काका अनुसार आरोपितले बालिकालाई ०७६ चैत १२ गते बलात्कार गरेको र घटना सार्वजनिक नगर्न दबाब दिँदै आएकोमा पीडित परिवारले हालै घटना बारे थाहा पाई उजुरी दिएका हुन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते धादिङ अस्पतालमा गरिएको छ । आरोपितलाई मङ्सिर २९ गते जिल्ला अदालतको अनुमतिले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments