Incident Reports

अपरिचित समूहद्वारा क्रसर उद्योगमा बम विष्फोट

2020-12-14

Province 1, Udayapur, Triyuga, Ward 14

त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थित द कञ्चनजङ्घा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा अपरिचित समूहले मङ्सिर २९ गते राति बम विष्फोट गराएको छ ।

६ जनाको संख्यामा आएको अपरिचित समूहले राति १०: १५ बजे क्रसर उद्योगमा दुई वटा बम विष्फोट गराएको सुरक्षागार्ड ६० वर्षीय कर्णबहादुर तामाङ्ले बताउनु भयो ।

अपरिचित समूहले पेस्तोल देखाई नियन्त्रणमा लिएर बम विष्फोट गराएको सुरक्षागार्ड तामाङले बताउनु भयो ।

विष्फोटबाट उद्योगको मेनकन्वीयर वेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

नकाबधारीहरूले उद्योग भित्र प्रवेश गरी सुरक्षागार्ड तामाङलाई नियत्रन्त्रणमा लिएर बम विष्फोट गराएको उद्योगका प्रतिनिधि सुमन्त कोइरालाले बताउनु भयो ।

उद्योग भित्र प्रवेश गर्ने नकाबधारीको समूहलाई सुरक्षागार्डले रोक्न प्रयास गर्दा सुरक्षागार्डमाथि हातपात भएको कोइरालाले बताउनु भयो ।

विष्फोटबाट १० लाख रुपियाँ बराबरको क्षति भएको कोइरालाले बताउनु भयो ।

‘दिउँसो एक जना नचिनेका व्यक्ति आएर सोधीखोजी गरेका थिए, राति अकस्मात आएर मलाई पेस्तोल र खुकुरी देखाए उद्योगमा बम विष्फोट गराएको सुरक्षागार्ड कर्णबहादुर तामाङले बताउनु भयो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालको नेतृत्वमा गएको टोलीले बम विष्फोट गराएको आशङ्कामा दुई जनालाई गिरफ्तार गरेको छ ।

अनुसन्धानका क्रममा रहेकाले गिरफ्तारीमा परेकाहरूको नाम ठेगाना गोप्य राखिएको एसपी भीमबहादुर दहालले बताउनु भयो ।

विष्फोटको जिम्मा कसैले नलिएको एसपी दहालले बताउनु भयो ।

सगरमाथा लोकमार्ग अन्तरगतको दियाले–अँधेरी–फोक्सीन्टार सडक खण्डलाई लक्षित गरी स्थापना गरिएको अस्थायी क्रसर उद्योगमा बम विष्फोट भएको एसपी दहालले बताउनु भयो ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports