Incident Reports

विप्लव समूहका सेती महाकाली ब्यूरो इन्चार्ज कैलालीबाट पक्राउ

2020-12-16

Sudurpashchim, Kailali, Lamkichuha

धनगढी- विप्लव नेतृत्वको नेकपा माओवादीका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई कैलालीको लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरिएको बताए।

प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार ढकाललाई लम्कीचुहा स्थित घरबाटै पक्राउ गरिएको हो। उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments