Incident Reports

संसद विघटनविरुद्ध विराटनगरमा पनि प्रदर्शन

2020-12-20

Province 1, Morang, Biratnagar

५ पुस, विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले विराटनगरमा प्रदर्शन गरेका छन् ।

नेकपा, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विवेकशिल साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध आइतबार साँझ नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियू विद्यार्थी संघ, नेपाली कांग्रेस निकट तरुण दल र विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो ।

संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले उक्त निर्णय तत्काल खारेज गर्न माग समेत गरेका थिए ।

विराटनगरमा दोस्रो दिन पनि संसद विघटनविरुद्ध प्रदर्शन

विराटनगर, ७ पुस । विराटनगरमा आज पनि विरोध प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेकोविरुद्ध नेपाली कांग्रेस, नेकपा प्रचण्ड माधव समूह, जनता समाजवादी पार्टीले दोश्रो दिन पनि वीराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

विराटनगरको तीनपैनी चोक बाट शुरु भएको विरोध र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो । सहभागिहरुले असंवैधानिक संसद विघटन खारेज गर, संसद पून : स्थापन गर, प्रतिगमन मर्दावाद, जनता झुक्याउन पाइदैन जस्ता नारा लगाएका थिए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments