Incident Reports

उदयपुरमा युवा विद्यार्थीद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

2020-12-20

Province 1, Udayapur, Triyuga

उदयपुर, ५ पुष । उदयपुरका युवा विद्यार्थीहरुले संसद विगटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।

उनीहरुले आइतबार (आज) प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति भण्डारीमार्फत् पास गराएको भन्दै सदरमुकाम गाइघाटमा पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘केपी ओली मुर्दाबाद’, ‘केपी तेरो पाराले, दुःख पाए साराले’, भन्दै युवा विद्यार्थीहरुले नारा लगाएका थिए । देश र जनतालाई ओलीले धोका दिएकाले बिरोध प्रदर्शन गरिएको अनेरास्ववियू जिल्ला संयोजक बिमल कार्कीले बताए ।

संसद विघटनको सूचना जारी गरेपछि देशैभरी यसको चर्को विरोध भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments