Incident Reports

तस्वीर सार्वजनिक गर्ने धम्की दिने व्यक्ति पक्राउ

2020-12-18

Bagmati, Chitawan, Madi, Ward 6

नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराधको मुद्दामा अर्का एक जनालाई पनि पक्राउ गरेको छ।

चितवन माडी नगरपालिका-६ कल्याणपुरका ३५ वर्षीय थमबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो। ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।  

उनलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेको हो।  

उनले फेक फेसबुक बनाइ नजिकैका नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्वीर पठाएको आरोपमा पक्राउ गरेको हो।   

उनले ती महिलालाई यौनअश्लिलतायुक्त अनर्गल सामग्री पठाएर अपमान तथा हैरानी दिएपछि ब्युरोले उनलाई पक्राउ गरेको हो।  

उनीहरू दुबैविरूद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान अघि बढाएको हो। ‍

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments