Incident Reports

अपहरित बालक को उद्धार

2014-06-10

बारा । ०७१ जेठ २७ गते भक्तपुरको सूर्य विनायकबाट १४ दिन अघि अपहरित एक अढाई वर्षीय बालकलाई प्रहरीले उद्धार गरी जेठ २७ गते अभिभावकको जिम्मा लगाएको छ । भारत मोतिहारीको रुपहाराबाट उद्धार गरी बालक बिटु चौधरीलाई भारत घर भई भक्तपुर बस्ने उनका बाबु राकेश चौधरीलाई जिम्मा लगाएको हो । राकेशका अनुसार आफ्नो छोरोलाई आफ्नै कवाडमा काम गर्ने राजु यादवले ०७० जेठ १४ गते पसलबाट अपहरण गरी लगेका थिए । प्रहरीले अपहरणमा संलग्न बारा बेनौलीका २ का ५० वर्षीय अमलदेव ठाकुर र भारत विहार पुर्वीचम्पारण लखौराका अपहरणका नाइके ३५ वर्षीय दिनेश सिंहलाई एक थान पेस्तोल र त्यसमा प्रयोग गरिने ६ राउन्ड गोली सहित गिरफ्तार गरेको छ । उनीहरुलाइृ जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको एसपी इश्वरबाबु कार्कीले बताए । प्रहरीले सुरुमा ठाकुरलाई गिरफ्तार गरी उनको बयान अनुसार दिनेश सिंहलाई गिरफ्तार गरेपछि बालकको लुकाइएको स्थान पत्ता लागेको थियो । सिंहलाई प्रहरीले ठाकुर मार्फत नेपालको बलिरामपुर गाविस-९ मा बोलाएर गिरफ्तार गरेको थियो । एसपी कार्कीका अनुसार अपहरण्कारीको यी गिरोहले बारा पर्साका तीन जनालाई अपहरण गरी लाखौं फिरौती लिएको दाबी गरे । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis