Incident Reports

पीडितद्वारा अदालतमा घरेलु हिंसाको उजुरी

2021-01-06

Madhes, Saptari, Tirahut, Ward 3

तिरहुत गाउँपालिका–३ गोइठीकी २२ वर्षीया रन्जनीकुमारी दासलाई घरेलु हिंसा गरेको भन्दै २५ वर्षीय पति धर्मेन्द्र दास, ५० वर्षीय ससुरा रामानन्द दास, ४७ वर्षीया सासू सीतादेवी दास र २१ वर्षीय देवर जितेन्द्र दासविरुद्ध पुस २२ गते पीडितले जिल्ला अदालतमा उजुरी दर्ता गराउनुभएको छ ।

आरोपित देवरले कुदृष्ट्री राखी गरेको अनैतिक व्यवहारको प्रतिकार गर्दा शारीरिक र मानसिक यातना दिएको तथा पति र परिवारका सदस्यले समेत सहयोग नगरेको गुनासो गर्दै पीडितले आरोपितहरूविरुद्ध उजुरी दिएको बताउनु भयो ।

पीडितका अनुसार आरोपितहरूले १० लाख रुपियाँ दाइजो माग्दै असोज २५ गते घरनिकाला गरेपछि रुपनी गाउँपालिका–५ बसविट्टीस्थित माइतीघर विस्थापित हुनु परेको थियो ।

यौनिक, शारीरिक र मानसिक यातनाबाट पीडितका पतिले काठमाडौँमा दोस्रो विवाहको तयारी गरिरहेको पीडितका अधिवक्ता किरणकुमारी साहले जानकारी दिनु भयो । पीडितको विवाह सामाजिक परम्परा अनुसार ०७४ वैशाख २३ गते भएको हो ।

घरनिकालापछि पीडित माइतीघर विस्थापित भएको भन्दै रुपनी गाउँपालिका–५ का वडा अध्यक्ष जगदीश दासले आवश्यक कारवाही र समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता नगरेकाले आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा उजुरी दर्ता गरिएको अधिवक्ता साहले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments