Incident Reports

‘प्रतिनिधि सभा मार्न पाइँदैन’ भन्दै प्रदर्शनमा उत्रिएका डा गोविन्द केसीमाथि धरपकड

2021-01-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडाैँ, २५ पुस । प्रतिनिधि सभा विघटनकाे विराेधमा डा गाेविन्द केसी प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार स्वेच्छाचारी र निरंकुश भएकाे भन्दै साे कदमको अवज्ञा गर्न भन्दै डा. गोविन्द केसीसहित उनका समर्थकले शनिबार अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् ।

प्रतिनिधि सभा मार्न पाइदैन भन्ने नारा अंकित प्ले कार्ड बाेकेर संविधानवादको रक्षा गर्न भन्दै प्रदर्शनमा उत्रिएका डा केसीसहितलाइ प्रहरीले  माइतिघरबाट धरपकड गरेकाे छ । माइतीघर मन्डलामा प्रवेश गर्न लाग्दा प्रहरीले डा केसीलाइ नियन्त्रणमा लिएकाे हाे ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments