Incident Reports

ओलीको असंवैधानिक कदमविरुद्ध दाङमा प्रदर्शन

2021-01-09

दाङ, २५ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले पुस ५ गतेका दिन प्रतिनिधि सभा विघटन गरेर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो गल्ती गरेको बताउनुभएको छ ।दाङमा नेपाली काग्रेसले आयोजना गरेको विरोध सभामा पूर्वमन्त्री गिरीले पार्टी भित्रको कलह मिलाउन नसकेको झोकमा प्रतिनिधि सभा नै विघटन गरेको बताउनुभयो । दुई तिहाई बहुमतको दम्भको सनकमा संवैधानिक ब्यबस्थाविरुद्ध कदम चालेको बताउनुभयो ।कम्युनिष्ट शासकहरुले गरिव बिपन्न समुदायलाई माथि राखेर राजनीति गर्छौ भन्ने र सनकमै निर्णय गरेर नागरिकलाई पटक पटक दुख दिने गरेको गिरीले स्मरण गराउनुभयो । सर्वसाधारण नगारिकहरुले पनि बुझि सकेका छन्, पटक पटक सत्तामा जाने र उन्माद देखाउन यस्ता प्रवृत्तिका पार्टीलाई सहयोग नगर्ने दावी उहाँले गर्नुभयो ।लुम्बिनी प्रदेशसभा सदस्य एवम नेता एवं पूर्वराज्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक संविधानमाथि धावा बोल्नेविरुद्ध नेपाली काग्रेस कफन बाँधेर प्रतिबाद गर्ने बताउनुभयो । प्रजातन्त्रका लागिवीपीको योगदानदेखि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान जारी गर्दाको प्रभाबकारी भूमिकाबारेमा चौधरीले चर्चा गर्नुभयो ।ठूलो संघर्ष र बलिदानीबाट प्राप्त संविधान र लोकतन्त्रलाई सनकका भरमा समाप्त पार्न कसैलाई पनि छुट नहुने उहाँको जोड छ । लुम्बिनी प्रदेश सभासदस्य एबम नेपाली काग्रेसका नेता शंकर गिरीले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संविधान च्यातेर सत्ता कब्जा गरेको झल्को प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले गरेको बताउनुभयो । त्यसकारण अव काग्रेस र लोकतन्त्र पक्षत्रर रक्षाकवच भएर सडकमा आउनुको बिकल्प नभएको बताउनुभयो ।

दाङ निर्वाचन क्षेत्र नम्वर ३ (क)का सभापति घनश्याम ढकालको सभापतित्वमा भएको विरोध सभामा नेपाली काग्रेस जिल्ला कमिटि सचिव टेकबहादुर वली,महासमिति सदस्य देविका नेपाली लगायतले बोल्नुभएको थियो । क्षेत्रिय कार्यालय तुलसीपुरबाट सुरु भएको विशाल बिरोध ¥यालीले प्रदर्शन गर्दै तुलसीपुरको वीपीचौकमा बिरोध सभामा परिणत भएको थियो ।

कार्यक्रमको सहजीकरण सचिव चुर्णबहादुर चौधरीले गर्नुभएको थियो । उता,पश्चिम दाङको श्रीगाँउमा नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ (ख)को बिरोध सभा सभापति खीमबहादुर वलीको सभापतित्व,काग्रेस केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यिमा भएको थियो । काग्रेसले प्रतिनिधि सभा विघटनका विरुद्ध आज शनिबार देशभर ३ सय ३० वटा निर्वाचन क्षेत्रमा विरोध सभाको आयोजना गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments