Incident Reports

सप्तरीमा प्रतिनिधिसभा विघटनबिरुद्ध एकैदिन ८ वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन

2021-01-09

राजविराज । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको बिरोधमा सप्तरीको ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार बिरोध प्रदर्शन र सभा गरेको छ । काँग्रेस र उनका भातृसंस्थाका नेता तथा कार्यकर्ताले बिहानैदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदर्शनका साथै बिरोधसभाको आयोजना गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक कदमको संज्ञा दिएका छन् ।

प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले उक्त कदम नसच्याएसम्म आन्दोलन जारी रहने र आन्दोलनबाटै प्रतिनिधिसभा पुर्नस्थापना गराई छाड्ने उदघोषसमेत गरे । नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि प्रतिनिधिसभा विघटन बिरुद्ध रहेका सबै शक्ति एकजुट भई लाग्नु पर्ने बताए । प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले असंबैधानिक कदमलाई आन्दोलनबाटै तहलगाउनु पर्ने उनको जोड थियो ।

गाउँगाउँबाट ट्याक्टर, बैलगाडा, मोटरसाइकल, अटोरिक्सा, टेम्पु लगायतका सवारीसाधान चढेर बिरोधसभामा सहभागि हुन आएकाहरुले प्रधानमन्त्रि ओलीबिरुद्ध चर्को नाराबाजी गर्दै कार्यक्रम स्थल पुग्ने गरेको दृश्य सबै निर्वाचन क्षेत्रको सभामा देखिएको थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को महुली र वैरवा, २ को राजविराज र सकरपुरा, ३ को खुरहुरिया र पत्थरगाढा तथा ४ को सिसुवा र बोदेबरसाइन बजारमा गरि एकै दिन जिल्लाका ८ वटै क्षेत्रमा बिरोधसभा भब्यरुपमा सम्पन्न भएको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनले जनाएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments