Incident Reports

विराटनगरमा जसपाको शक्तिप्रदर्शन : संयुक्त रुपमा संघर्षको प्रस्ताव

2021-01-09

Province 1, Morang, Biratnagar

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलित जनता समाजवादी पार्टीले शनिबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।प्रधानमन्त्री ओलीको कदाको विरोधमा यसअघि नेकपा प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसले विराटनगरमा गरेको विरोध प्रदर्शनको तुलनामा जसपाको प्रदर्शनमा जनसहभागिता निकै देखिएको थियो । विरोध र्यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गदै जसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सच्याउन सडक संघर्षको विकल्प नभएको बताए । त्यसका लागि आन्दोलनरत सबै दलको मोर्चाबन्दी बनाउनुपर्ने धारणा पनि नेताहरुले राखेका थिए । खासगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई संघर्षका कार्यक्रममा सहकार्यका लागि जसपाका नेताहरुले प्रस्ताव गरेका थिए । तर कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीको ललिपपमा लोभिने हुन कि भन्ने आशंका पनि उनीहरुले गरेका छन् ।

प्रजातन्त्रको लागि लामो संघर्ष गरेको नेपाली कांग्रेस ओलीप्रतिको मोहले अलमलमा परेको जसपाका नेताहरुले बताएका थिए । विरोध सभालाई सम्बोधन गर्दे जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कांग्रेसहित सबै पार्टीसँग सहकार्य गरेर संसद पुनस्र्थापनाको लागि संघर्ष गर्नुपर्ने बताए । संविधानको मर्म विपरित तानाशाही प्रवृतिले प्रतिनिधिसभा विघटन गरेपनि कांग्रेस नेतृत्व मौन रहेको उनले आरोप लगाए ।कांग्रेसको नेतृत्व ओली मोहमा फसेको छ उनले भने –‘केहीले मात्र ओली प्रवृतिको विरोधमा सडकमा आएका छन् । संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर भंग गरिएको प्रतिनिधिसभा पुनस्र्थापना नभएर संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने भएकाले सवै एक भएर संघर्ष गर्नुपर्ने बेला भएको उनले सुनाए । उनले ओली सरकार महेन्द्रपथमा हिंडेकाले पतन नजिकै रहेको दावी गरे । पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले संसद विघटन भएपनि कांग्रेसमा ओली मोहले गर्दा विरोध गर्न हिचकिचाई रहेको आरोप लगाए । 

‘लोकतन्त्रको दुहाई दिने कांग्रेस संविधानको हत्या गरी कोमामा पुर्याए पनि सलबलाएको छैन’ यादवले भने –‘कांग्रेसले बीपीको स्मरण गर्ने बेला आएको छ ।’ उनले सहकार्य गरेर संयुक्त संघर्ष गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

ओली सरकार भ्रष्टचारमा लिप्त भएका कारण कोरोनाको महामारीमा जनताले धेरै दुख पाएको अध्यक्ष यादवको आरोप थियो ।

पार्टीको केन्द्रीय सदस्य एवं राष्टियसभा सदस्य मृगेन्द्रसिंह यादवले ओलीको असंवैधानिक निर्णयलाई जनताले स्वीकार नगर्ने र बहिष्कार गर्ने बताए । प्रदेशसभा सदस्य जयराम यादवले असंवैधानिक निर्णयलाई सच्याउन निरन्तर सडकवाट खवरदारी गर्नुपर्ने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments