Incident Reports

प्रधानमन्त्री ओलीको कदमविरुद्ध धनगढीमा निकालियो बयलगाडा र्‍याली

2021-01-10

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ।

आइतबार नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह निकटको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले बयलगाडा र्‍याली निकालेको हो।

२०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ’गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments