Incident Reports

प्रधानमन्त्रीको असंबैधानिक कदमविरुद्ध चितवनमा बयलगाडा प्रदर्शन

2021-01-10

Bagmati, Chitawan, Ratnanagar

चितवन, २६ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्लामा प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध बयलगाडा प्रदर्शन गरिएको छ ।

आज अनेरास्ववियू चितवनको आयोजनामा चितवनस्थित रत्ननगरमा बयलगाडा प्रदर्शन गरिएको हो । अनेरास्ववियूका नेताहरुले प्रधानमन्त्रीलाई लक्षित गर्दै बयलगाडा भाडा ७० करोड, ए सरकार कता ? अमेरिका जाने बयलगाडा यता ! भन्दै केहिबेर नाराबाजी समेत गरे ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज भण्डारीले बयलगडा चढेर अमेरिका पुगिन्छ ? भन्ने प्रधानमन्त्रीको भनाइलाई जनताले खारेज गरेर गणतन्त्र ल्याएको बताए ।

उनले सिंहदरबारमा २४ घण्टा डा. केआई सिंह श्री ६ सरकार बनेको भन्दै अहिलेका प्रधानमन्त्री ओली श्री ७ सरकार बन्ने खेलमा लागेको आरोप लगाए ।

केन्द्रीय सदस्य भण्डारीले प्रधानमन्त्रीले आँफूलाई काम गर्न दिइएन भन्ने कुरा हाँस्यस्पद भएको बताए । भण्डारीले प्रधानमन्त्रीले छिनभरमा मैले जति काम कसैले गरेन भन्ने छिन भरमै मलाई काम गर्न दिइएन भनेर देशलाई भडखारोमा धकेलेको बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments