Incident Reports

संसद विघटनविरुद्ध माइतिघरमा बयलगाडा प्रदर्शन (तस्बिरहरु)

2021-01-10

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ– संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा काठमाडौँकाे माइतिघर मण्डलामा बयलगाडा प्रदर्शन गरिएको छ। 

नेकपाको विद्यार्थी संगठन (दाहाल–नेपाल) अनेरास्ववियूको आयोजनामा आइतबार दिउँसो बयलगाडा प्रदर्शन भएको हो। थापाथली इन्जिनियरिङ क्याम्पसबाट बयलगाडासहित निस्किएको र्‍यालीसहितको विरोध प्रदर्शन माइतिघर मण्डलासम्म पुगेको थियो। 

बयलगाडामा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर राखिएको थियो। पुत्लामा ‘खड्ग बयलगाडा यातायात, नेपालदेखि सिधै अमेरिका’ लेखिएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments