Incident Reports

जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा कालो झण्डा

2021-01-11

Madhes, Dhanusha, Janakpur

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् ।

संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

जसपाले रेल्वे स्टेशनमा संसद विघटनविरुद्व आयोजना गरेको विरोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।चुनावभन्दा अघि शहीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Janata Samajbadi Party
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments