Incident Reports

राजविराजमा राजावादी र हिन्दुवादीको प्रदर्शन

2021-01-11

Madhes, Saptari, Rajbiraj

सप्तरी, राजविराज । पृथ्वी जयन्तिको अवसर पारेर सप्तरीमा राजतन्त्र तथा हिन्दु राष्ट्र समर्थक विभिन्न पक्षले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय निर्माता पृथ्वी नारायण शाह, हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा नारा लगाउँदै मोटरसाइकल ¥याली निकालेका छन् । 

२०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गर्दै पृथ्विनारायण शाहको योगदान बारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापनाको माग गरेका छन् । 

संगठनका अध्यक्ष किशोरी महतोले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेको भन्दै निकासका लागि राजतन्त्र पुर्नस्थापना र हिन्दु राष्ट्र कायम गर्नु आवश्यक रहेको बताए । 

सोमबारै नरसिंह हिन्दु सेना नेपाल सप्तरीले स्व. पृथ्वी नारायण शाहको मूर्ती र बाजागाजासहित राजविराज नगर परिक्रमा गरेको छ । स्थानिय राजरंगशालाबाट निस्केको जुलुसमा गाउँगाउँबाट ठूलो संख्यामा सहभागिहरु आएका थिए । गत पुस १४ गते राजविराजमा राजापक्षधर मानिएका सप्तरी समाज नामक संगठनले प्रदर्शनको आयोजना गर्न लाग्दा स्थानिय संयुक्त विद्यार्थी संगठनले उनीहरुको ब्यानरमा आगो लगाई कार्यक्रम बिथोलिदिएकोमा सोमबार भने कसैले पनि अवरुद्ध पु¥याएनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments