Incident Reports

लोकतन्त्रको बिरुवा नमार ! भन्दै विवेकशीलको प्रदर्शन

2021-01-15

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं । विवेकशील पार्टीले आज माइतीघर मण्डलामा लोकतन्त्रको बिरुवा नमार ! भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ ।

लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत हो । सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई संवर्द्धन तथा संरक्षण गर्नको लागि अगाडि लाग्नुपर्छ, विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले बताउनुभयो ।

विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गरिरहेको छ । भोलि २७ औं दिन पनि बिहान १०:३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने कार्कीले जानकारी दिनु भयाे  ।

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments