Incident Reports

संसद विघटनविरुद्ध डोरी तानेर युवाहरुले गरे प्रदर्शन

2021-01-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ- माइतीघर मण्डलामा संसद विघटनविरुद्ध डोरी तानेर युवाहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले निधारमा कालो रिबन बाँधेर प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष-विपक्षमा डोरी लगाएर नारा जुलुस गरिरहेका छन्।

डोरी तान्दै प्रदर्शन गर्ने मध्‍ये कोही ओलीको पक्षमा नारा लगाइरहेका छन् भने कोही कोही प्रचण्डको पक्षमा नारा लगाइरहेका छन्।

केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा, अरु केही जान्दैनौ, संसद विघटन मान्‍दैनौ, कम्युनिष्टको पाराले, दु:ख पाए साराले लगायतका नारा लगाउँदै उनीहरु अभिनयमार्फत संसदको विघटनविरुद्ध नारा लगाइरहेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments