Incident Reports

संसद बिघटनको बिरोधमा मैनवत्ती जुलुस

2021-01-15

Lumbini, Rupandehi, Butwal

प्रतिनिधि सभा बिघटनको बिरोधमा बुटवलमा मैनबत्ति जुलुस निकालिएको छ । लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन रुपन्देहीको आयोजनामा मनबैत्ती जुलुस निकालिएको हो ।

न्याय मर्न दिदैनौं भन्ने नारासहित रुपन्देहीमा क्रियाशील एक दर्जन बढी सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागीतामा भएको जुलुसले मिलनचोकदेखि राजमार्ग चौराहसम्म प्रदर्शन गरेको थियो ।

जुलुसपछि आयोजित कोणसभामा बोल्दै मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामि भएको बताए ।

संविधान र लोकतन्त्र रक्षाकालागि प्रम ओलीले चालेको कदम उल्ट्याउनुको बिकल्प नभएको भन्दै उनले त्यसका लागि आन्दोलित हुनु परेको बताए । लोकतन्त्र रक्षाकालागि नागरिक आन्दोलन रुपन्देहीका संयोजक समेत रहेका मानव अधिकारकर्मी खनालले प्रधानमन्त्रीले सनकका भरमा स्वेच्छाचारी र निरकंकुश तरिकाले संविधान र लोकतन्त्रको हत्या गर्न खोजेको अरोप पनि लगाए ।

कोणसभामा नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष बुद्धबहादुर थापा,अग्रज पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता बाबुराम पाण्डे, वुमन केयरकी अध्यक्ष रिता केसी,गुनाराम घिमिरे लगायतले बोल्दै प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म नागरिक आन्दोलन जारी राख्नु पर्ने बताए ।

वक्ताहरुले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र मर्न नदिने प्रति विश्वास भएपनि जनस्तरबाट पनि संंविधान रक्षाकालागि खबरदारी गरिरहनु पर्नेमा जोड दिएका थिए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments